१४ बैशाख २०८२, आईतवार

‘संसद्‍मा प्रधानमन्त्री प्रचण्ड हराएको सूचना’

raghuji pant

नेकपा (एमाले)का सांसद् रघुजी पन्तले संसद्‍मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हराएको भन्दै सूचना पढेर व्यङ्ग गरेका छन्।

आइतबार चलिरहेको प्रतिनिधिसभाको बैठकमा सांसद् पन्तले प्रधानमन्त्री प्रचण्डको संसद् बैठकमा उपस्थिति कम भएकोलक्षित गर्दै उनी हराएको सूचना पढ्दै व्यङ्ग गरेका हुन्।

सांसद्‍ पन्तले गरेको व्यङ्ग जस्ताको त्यस्तै :
नागरिकताको नाम : श्री पुष्पकमल दाहाल
चलन चल्तीको नाम : प्रचण्ड
स्थायी ठेगाना : फेरिराख्ने
अस्थायी ठेगाना : कहिले खुमलटार, कहिले बालुवाटार।
हुलिया : पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरासुरुवाल र टोपीपनि लगाउने, उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने।

उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला। उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाऊ।

    सम्बन्धित समाचार...