
कोरोना संकटको समयमा सामाजिक दूरी कायम गर्न, एक रक्सी पसलेले अपनाएको तरिका लो भिडियो अहिले भाइरल भएको छ । उक्त भिडियोमा पसलेले पाइप मार्फत मदिरा बिक्रीको एक अनौंठो तरीका अपनाएका छन ।
कोरोना भाइरसको फैलावट रोक्नको लागि सामाजिक दूरीलाई सबैभन्दा प्रभावकारी उपचारको रूपमा लिइन्छ । विश्वभरका सरकारहरू र प्रशासनहरूले यसलाई अनुसरण गर्न मानिसहरूलाई अपील गरिरहेका छन्।
त्यस्तैमा एक मदिरा व्यापारीले आफ्नो रक्सी पसलमा रक्सी बिक्रीमा सामाजिक दूरीको अनौंठो तरिका लागु गरेका छन । कामचलाउ भएपनी गज्जब काइदा लगाएका मदिरा व्यापारिको यो तरिका सोशल मीडियामा भाइरल भएको छ ।
यस भिडियोमा कसरी ग्राहकले मदिरा पसल गएको बेलामा पसलबाट टाढा उभिएरै किन्मेल गर्न सक्छ भन्ने देख्न सकिन्छ । भिडियोमा एक पाइपको माध्यमबाट ग्राहकले पहिले पसलेलाई पैसा दिन्छ, त्यसपछि सोही पाइपमा राखेर पसल भित्रबाट खुद्र पैसा फिर्ता गरिन्छ र त्यसपश्चात मदिराको बोतल ग्राहकलाई दिइन्छ।
धेरैले यसलाई एक गज्जबको आइडिया भनेका छन भने यस तरिकालाई भविष्यमा अझ राम्रो तरीकाले लग्न सकिने बिचार व्यक्त गरेका छन । एजेन्सी