
देशमा हाल स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ ।
आज दिउँसो आंशिक बदली भइ गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थान र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ भने काठमाडौं उपत्यकालगायत देशका धेरै भू-भागमा तुवाँलो लाग्ने छ ।
राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यत: सफा रहने छ।
भोलि (मंगलबार) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा वाग्मती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ। तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ । साथै उपत्यका लगायत देशका धेरै भू-भागमा तुवाँलोको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बुधबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा वाग्मती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ। सुदूर पश्चिम र लुम्बिनी प्रदेशहरुका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना छ । साथै उपत्यकालगायत देशका केही भू-भागहरुमा तुवाँलो लाग्ने छ ।
राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा वाग्मती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ।
यसका साथै महाशाखाले नेपालमा वर्षाको गतिविधि कम भएसंगै डढेलोका घटनाहरु बढेको कारण उपत्यकालगायत देशका धेरै भू-भागमा तुवाँलो लाग्ने क्रम बढेको र यसबाट वायु प्रदूषणमा वृद्धि भइरहेको जनाएको छ । त्यसैले मेघगर्जन/चट्याङ, हावाहुरी, डढेलो र प्रदूषणबाट हुन सक्ने क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।