
स्पेनिस ला लिगा क्लब बार्सिलोनालगातार तीन खेलमा गोलविहीन बनेको छ । शीर्ष स्थानको बार्सा गेटाफेसँग गोलरहित बराबरी रोकिएको हो ।
गेटाफेको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा बार्साले दुई महत्वपूर्ण अवसर गुमाएको थियो । राफिन्हा र अलेन्हान्द्रो बाल्डेले गरेका प्रहार बारमा लागेर फर्कियो ।
दोस्रो हाफमा पनि राफिन्हाले गरेको प्रहार गेटाफेका गोलरक्षक डेभिड सोरियाले बचाए । बार्सा गत मंगलबार जिरोनासँग पनि गोलरहित बराबरीमा रोकिएको थियो। यस्तै, कोपा डेल रेमा पनि चिर प्रतिद्वन्द्वी रियाल मड्रिडसँग ४ – ० ले पराजित भएको थियो ।
यद्यपि, बार्साले तालिकामा स्पष्ट ११ अंकको अग्रता बनाउन सफल भएको छ। लिगको ९ खेल बाँकी रहँदा बार्साको ७३ अंक छ । गेटाफेको ३१ अंक छ ।
गएराति भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले अल्मरियालाई २ – १ गोलले हराएको छ। उसको जितमा एन्टोइन ग्रिजमनले २ गोल गरे । यस्तै सेभियाले भ्यालेन्सीयालाई २ – ० गोलले हरायो ।