
मिटरब्याजीपीडित र नेपाल प्रहरीबीच झडप भएको छ ।
सोमबार रत्नपार्कस्थित शान्ति बाटिकामा पीडितहरूले प्रदर्शन गर्ने क्रममा शान्तिबाटिकाबाट बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र पहरीबीच झडप भएको हो । प्रदर्शनमा निस्किएकामध्ये ३० जना मिटरब्याजीपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको मिटरब्याजपीडित एक सदस्यले जानकारी दिए ।
उनले शान्तिपूर्ण रूपमा आफूहरूले प्रदर्शन गर्न लागे पनि प्रमुख जिल्ला अधिकारीले प्रदर्शनकारीको झण्डामा लौरो रहेको भन्दै प्रदर्शन गर्नबाट रोक लगाएको बताए । प्रदर्शनमा उत्रिएका मिटरब्याजीपीडितलाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाउँदै उनले आफ्ना माग पूरा नभएसम्म आन्दोलन गरी राख्ने बताए ।
आज सिंहदरबार वरपर प्रदर्शन गर्ने उनीहरूको तयारी थियो । जिल्ला प्रशासनले सिंहदरबार वरपर आन्दोलन गर्न नदिने भन्दै प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्ति बाटिकामा नै प्रहरी र मिटरब्याजी पीडितबीच झडप भएको हो ।
प्रहरीले उनीहरूलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको प्रहारसमेत गरेको प्रदर्शनकारीले बताए ।
सरकारले मिटरब्याजपीडितको एक समूहसँग चैत १८ गते ५ बुँदे सहमति गरेको थियो । तर सो सहमतिले मिटरब्याजीपीडितको तत्कालको समस्या समाधान नहुने भन्दै अर्को समूहले आन्दोलन गर्दै आएको छ ।