८ बैशाख २०८२, सोमबार

उत्साही छैनन् चितवन २ का मतदाता उपनिर्वाचनमा

c

गत मंसिरको चुनावमा प्रतिस्पर्धी उम्मेदवारले पाएको भन्दा तेब्बर बढी मतले निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ को उपनिर्वाचनमा पनि पुन: उम्मेदवार छन् । लामिछानेकै नागरिकता खारेज हुँदा यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । जसको कारणले उपनिर्वाचन तय गरिएको हो, उनै व्यक्ति पुनः उम्मेदवार रहेकाले यहाँको निर्वाचनलाई सबैले चासोपूर्वक हेरेका छन् ।

नेकपा एमालेले चितवन २ मा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसले पार्टी सभापति जीतनारायण श्रेष्ठलाई अघि सारेको छ । मंसिरमा लामिछानेले जितेको भए पनि सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि हुन लागेको उपनिर्वाचनमा चितवनका मतदाता खासै उत्साहित भने देखिएका छैनन् ।

गैरकानुनी नागरिकता पेस गरेर राहदानी बनाएको विषयमा महान्यायधिवक्ताको कार्यालयले रविलाई मुद्दा नचलाउने निर्णय गरेको छ । यस विषयमा पुनः सर्वोच्चमा रिट निवेदन दर्ता छ । विपक्षी दलहरुले निर्वाचनमा यही मुद्दालाई उठाएका छन् ।

यस्तै प्रकृतिका मुद्दाका सुनुवाइ ढिलो गर्ने तर लामिछानेको मुद्दा फास्ट ट्रयाकमा सुनुवाइ भएको भन्दै मतदातामा उनीप्रति सहनुभूति पनि उत्तिकै देखिन्छ ।

तर, लामिछानेलाई यहाँ मंसिरको जस्तो सजिलो स्थिति भने छैन । पछिल्लो समय उनी सर्वसाधारणसामु प्रश्नको घेरामा छन् । यसपटक चितवनमा रविसहित एमाले र कांग्रेसका उम्मदेवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने मतदाताको विश्लेषण छ ।

    सम्बन्धित समाचार...