
वर्षा नहुँदा काठमाडौं उपत्यकालगायत देशका केही भू-भागमा आज पनि तुवाँलोले ढाक्ने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भने हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थान तथा वाग्मती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षा हुनेछ ।
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
यस्तै भोलि (बिहिबार) आंशिकदेखि सामान्य बदली भइ गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा वाग्मती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ।
शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा वाग्मती र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षा हुनेछ ।