९ बैशाख २०८२, मंगलवार

अपडेट चितवन मतगणना: एमालेको अग्रता

chitwan 2

चितवन २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ३६७ मत ल्याउँदै सुरुवाती अग्रता कायम गरेका छन् ।

दिउँसो ३:१५ बजेसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ मत ल्याएका छन् । यसैगरी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले भने २४४ मत ल्याएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जीवलाल पुरीले ८ मत प्राप्त गरेका छन् । अहिले इच्छाकामना गाउँपालिकाको मतगणना भइरहेको छ ।

    सम्बन्धित समाचार...