९ बैशाख २०८२, मंगलवार

अपडेट बारा उपनिर्वाचन: उपेन्द्र यादव २२,०९६ मतसहित अग्रस्थानमा

Bara 2

बारा २ को पछिल्लो गणनाअनुसार जनता समाजवादी पार्टीका उपेन्द्र यादव २२ हजार ९६ मतसहित अगाडि छन् ।

यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १९ हजार २७९ मतसहित पछ्याइरहेका छन् । नेकपा एमालेका पुरुषोत्तम पौडेल ६ हजार ३५४ मतसहित तेस्रो स्थानमा छन् ।

साँझ साढे ८ बजेसम्मको गणनाअनुसार यादवले दुई हजार ८१७ मतान्तरले अग्रता कायम गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेलले २ हजार ६०० मत प्राप्त गरेका छन् ।

यस निर्वाचन क्षेत्रबाट गत मंसिर ४ को निर्वाचनमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । उक्त निर्वाचनमा यादवले कुशवाहालाई पराजित गरेका थिए । यादव उपराष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन भएको हो ।

    सम्बन्धित समाचार...