
एसिया कपमा छनोट हुने लक्ष्यसहित उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले एसीसी मेन्स प्रिमियर कपमा आज कतारसँग खेल्दैछ । यो खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
समूह एमा अपराजित घरेलु टोली नेपाल यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ। नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।
दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी ओमानलाई ८४ रनले हराएको नेपालले साउदीसँग भने अंक बाँडेको थियो । प्रतियोगिताबाट बाहिरिसकेको अंकविहीन कतार अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा हुनेछ । यी दुईबीच पछिल्लो पटक आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा भेट भएको थियो । जसमा नेपाल ४ विकेटले पराजित भएको थियो । तर नेपाल अहिले उच्च फर्ममा छ । घरेलु मैदानमा नेपाल पछिल्ला दुई महिना यता अपराजित छ ।
यस्तै समूह बीमा हङकङ र कुवेत आमेनसामने हुनेछन् । यो खेलले समूह बीबाट सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोलीको नाम टुंगो लाग्नेछ ।