
सरकारले संघीय संसद्का दुवै सदनको जारी बैठक आज मध्यरात १२ बजेदेखि अन्त्य गरेको छ ।
प्रतिनिधिसभाको पुस २५ गतेदेखि सुरु भएको संसद्को २८औं बैठक वैशाख १५ गते बसेर सरकारले संसद्को जारी पहिलो अधिवेशन अन्त्य गरेको हो ।
तीन महिना २० दिनको लामो समय संसद् अधिवेशन जारी भए पनि कुनै विधेयकहरु पारित भएन । गरी जम्मा तीन महिना २० बसेर अन्त्य गरिएको हो ।
यसबीचमा तीनवटा विधेयक संसद्मा प्रस्तुत गरेको छ भने संसद नियमावालीबाहेक अन्य कु्नै विधेयक संसद्ले पास गर्न सकेन । आज मात्र १० वटा विषयगत संसदीय समिति भने गठन गरेको छ । यसअवधिमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीमा नियुक्त भएपछि पुस २५ र एमाले सरकारबाट बाहिरिपछि दोस्रोपटक चैत ६ गते संसदबाट विश्वासको मत लिएका थिए ।
नेपाल प्रहरीको फरार सूचीमा रहेका एमालेका सांसद लक्ष्मी कोइरी महतो लगातर २१ वटा बैठकमा अनुपस्थित रहेको विषयलाई स्वीकार गर्न नसकिने सत्तापक्षका सांसदहरुको अडानका कारण केहिबेर संसद बैठक अवरुद्ध हुन पुगेको थियो ।