१२ बैशाख २०८२, शुक्रबार

दुई चार जना सडकमा उफ्रेकै भरमा ‘प्रदेशको नाम बदलिंदैन : अध्यक्ष ओली

kp oli
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेकै भरमा ‘कोशी प्रदेश’ नाम फिर्ता नहुने बताएका छन्।

उनले पहिचानवादीहरूलाई कोशी प्रदेशको नाम फेरेर देखाउन चुनौती समेत दिएका छन्।

शनिबार पाँचथरको फिदिममा आयोजित कार्यकता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘दुईचार जना केटा सडकमा उफ्रँदैमा नामकरण परिवर्तनको सम्भावना छैन। म भन्न चहान्छु, जनताबाट दुई तिहाइ मत ल्याएर नाम संशोधन गरेर देखाओ।’

अध्यक्ष ओलीले प्रदेशसभाबाट विधि र प्रक्रियामा छिरेर गरिएको नाम कुनै हालतमा फिर्ता नहुने दाबी गरे। उनले नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षलाई ओलीले आन्दोलन छोडेर विकास निर्माणमा जुट्न सुझाव दिएका छन्।