११ बैशाख २०८२, बिहीबार

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै बार एसोसिएसन आन्दोलित

nepal bar

 नेपाल बार एसोसिएसन आजदेखि आन्दोलनमा उत्रिने भएको छ। 

सर्वोच्च अदालतको प्रधानन्यायधिस नियुक्तीसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो ।

 आगामी एक हप्तासम्म विरोध प्रदर्शन कार्यक्रम सञ्चालन हुने बारले जनाएको छ । ‘बैशाख १७ गतेवाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संबैधानिक परिषद प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको’ महासचिव अधिबक्ता अन्जिता खनालले जानकारी दिएकी छिन् ।

स्वतन्त्र न्यायापालिकाको रक्षा गरौं, न्यायलय भित्रको भ्रष्टचार, विकृत, बिसंगती अन्त्य गर, पुर्ण स्वचालित पेशी ब्यवस्थापन प्रणाली लागु गर, प्रधानन्यायधिस नियुक्ती अबिलम्ब गर, संबैधानिक परिषदको बैठक अबिलम्ब बोलाउ, सुनवाई समिति गठन गर भन्ने मागसहित बार आन्दोलमा उत्रेको हो । 

देशैभरी आन्दोलन गर्नका लागि केन्द्रिय बारले माताहातका समितिहरुलाई निर्देशनसमेत दिएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर नेपाल बारले प्रधानन्यायाधीश तत्काल नियुक्त गर्न ध्यानाकर्षण गराएको थियो ।

यद्यपि संवैधानिक परिषद्को बैठकबाट निस्कर्ष निस्किन नसक्दा अझै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन ।

nepalbar1682823391.jpg

    सम्बन्धित समाचार...