११ बैशाख २०८२, बिहीबार

स्वदेश फर्किए चन्द्र भण्डारी

bhandari

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचारपछि आइतबार साँझ स्वदेश फर्किएका छन् । गत फागुन ३ गते राति आफ्नै निवासमा ग्यास चुहिएर आगालागीबाट सख्त घाइते भण्डारी उपचारपछि स्वदेश फर्किएका हुन् ।

भारतको मुम्बईमा रहेको नेसनल बर्न्स सेन्टरले उनलाई डिस्चार्ज गरेपछि उनी फर्किएका हुन् । उनको स्वास्थ्यमा धेरै सुधार छ ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने, ‘तपाईंहरुलाई थाहा नै छ एउटा ठूलो दुर्घटनाबाट हामी आएका छौं । हुन त यो वर्ष ११० जना नेपाली दाजुभाइ दिदीबहिनीले आगजनीबाट ज्यान गुमाउनु भयो । मैले पनि मेरो आमालाई दुर्घटनामा गुमाएको छु ।’

आमाको मृत्युबारे आफूलाई भर्खरै जानकारी भएको सांसद भण्डारीको भनाइ छ । आगलागीमा उनीसँगै आमा हरिकला भण्डारी सख्त घाइते भएका थिइन् । हरिकलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा भोलिपल्ट (फागुन ४ गते) निधन भएको थियो ।

विमानस्थलमा भण्डारीलाई स्वागत गर्न कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायत नेता-कार्यकर्ता तथा शुभेच्छुकहरु उपस्थित थिए ।

    सम्बन्धित समाचार...