
लकडाउनपछी कार्यालय शुरु भएको दोस्रो दिन मै अख्तियार दुरुपयोग कार्यालयले साढे ८ लाख घुससहित डिल्लीबजारका मालपोत अधिकृतसहित पाँच कर्मचारी पक्राउ गरेको छ ।
जग्गाको कित्ताकाट गर्ने आदेश गराइदिएवापत घुस रकम लिँदै गरेका ६ जनालाई अख्तियारको टोलीले टोखा नगरपालिका ९ सामाखुसी चोकनजिक स्टार पार्टी प्यालेस अगाडिबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मालपोत अधिकृत रघुवंश कँडेल, नायब सुब्बाहरू उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाल छन्। उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।