
मौसम बदली भइ आज देशै भरका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
मौसम पूर्वानुमान महाशाखाले दिउँसोपख मधेस प्रदेशका एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि मौसम धुम्मिएको छ । आकाशमा बादलले ढाकेको छ। मध्याह्नपछि मेघगर्जनसहित पानी पर्ने महाशाखाले जनाएको छ।
राति सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेकाले मौसम बदली भएको महाशाखाले जनाएको छ। अहिले बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
भोलि (मंगलबार) पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षा हुनेछ ।
बुधबार पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षा हुनेछ ।
राति पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ।