
एसीसी मेन्स प्रिमियर कपको यूएई र नेपालबीचको फाइनल खेल वर्षाले अवरुद्ध भएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा १६ ओभरको खेल हुँदै गर्दा पानी परेपछि खेल रोकिएको हो ।
टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ। नेपाली बलरको कसिलो बलिङमा यूएईको ब्याटिङ लाइन धरासायी बनेको छ।
सन्दीप लामिछानेले नेपाललाई पाँचौ सफलता दिलाएका छन् । यूएईले १३ ओभरमा ५ विकेट गुमाएको हो ।
नेपालका करण केसीले २ विकेट लिएका छन् भने सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले १–१ विकेट लिए ।
यूएईका ओपनर मोहम्मद वासिम ११ रनमा क्याचआट भए भने आर्यन लाक्रा १३ रन बनाएर पभेलियन फर्किए ।
वृत्य अरविन्दले ८ रन बनाउँदा रमिज शहजाद १ रनमै आउट भए । सन्दीपको बलिङमा यूएईका रोहन मुस्तफा २ रन बनाएर कुशल मल्लबाट क्याचआउट भए ।
नेपालले कसिलो बलिङ गर्दै सानदार सुरुवात गरेको छ ।