
एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध नेपाललाई नवौँ सफलता मिलेको छ ।
कीर्तिपुरस्थित टीयु मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १०६ रन बनाएको छ।
नेपालका ललित राजवंशीले लगातार दुई विकेट लिएसँगै यूएईले ९ विकेट गुमायो।
क्रिजमा टिकेर खेलिरहेका आसिफ खान ४६ रन बनाउँदा ललितको बलिङमा आरिफ शेखबाट क्याचआउट भए । यस्तै, जाहुर खान शून्य रनमा ललितको बलिङमा आरिफबाटै क्याचआउट भए ।
ललितले ३ विकेट लिइसकेका छन् । सन्दीप लामिछाने र करण केसीले २ विकेट लिएका छन् भने सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए ।
यूएईका ओपनर मोहम्मद वासिम ११ रनमा क्याचआट भए भने आर्यन लाक्रा १३ रन बनाएर पभेलियन फर्किए ।
वृत्य अरविन्दले ८ रन बनाउँदा रमिज शहजाद १ रनमै आउट भए ।
२७ ओभर ३ बलमा ९ विकेट गुमाएर खेल भइरहँदा पानी परेपछि फेरि खेल रोकिएको छ । अहिले पिचलाई छोपिएको छ ।








