
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो हाल सम्मकै उच्च दैनिक संख्या हो । यीमध्ये ४० जना महिला हुन् भने ५ सय ४६ जना पुरुष हुन् ।
यो सँगै नेपालमा संक्रमितको संख्या ७,१७७ पुगेको छ । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ ।
नेपालमा बुधबारसम्म २० जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । असार १ गते मृत्यु भएकी बाँकेकी एक महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बाँकेको बैजनाथ ६ कि ४६ वर्षीया महिला गएकाे जेठ ३० गते मिर्गाैलाकाे उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज गएको र असार १ गते उनको मृत्यु भएको थियो । उनको मृत्युपछि २ गते नै रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।