
अभिनेता रोहित रुम्बा कला रत्न सम्मानबाट सम्मानित भएका छन् ।
नेपाल चलचित्र नृत्य संघले विश्व नृत्य दिवसको अवसरमा विभिन्न स्रष्टालाई ‘राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८०’ सम्मान गरिएको हो । उक्त सम्मान कार्यक्रममा संघले प्रदान गर्दै आएको ‘राष्ट्रिय चलचित्र सांस्कृतिक कला रत्न सम्मान २०८०’ रुम्बाले पाएका हुन् ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा जमलस्थित राष्ट्रिय नाँचघरमा सम्पन्न उक्त कार्यक्रममा कला क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका फिल्मकर्मी एवम् कलाकर्मीहरुलाई ‘राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८०’बाट विभूषित गरिएको थियो ।
दुई दशकदेखि सिनेमा जगतमा आवद्ध भई अभिनयमा क्रियासिल रहेर लाखैँ दर्शक स्रोताको मन जितन सफल हुदै आएका रुम्बालाई यस अघि फिल्म ‘लाखे’बाट चौथो ‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल २०२२’मा उत्कृष्ट अभिनेताको अवार्ड र एभरग्रीन वल्र्डवाइड ईन्टरटेन्मेन्टबाट ‘राष्ट्रिय व्यक्तित्व सम्मान २०७९’ सम्मान प्रदान गरिएको थियो ।
यस्तै, कार्यक्रममा डा. भोला रिजाल, बसुन्धरा भुषाल, दयाराम दाहाल, राजकुमार राई, सुमिना श्रेष्ठ, धीरज राई, कृष्ण कँडेल, ज्याक श्रेष्ठ, विकाश चौधरी, अमृत भारती, पल शाह, अमर ओली, दिनेश केसी, गोपालकाजी कायस्थ, बरिस्ठ नृत्य निर्देशक दिनेश पाख्रिन, ओम सुनार, अच्युत बजगाई, शान्तिप्रिय, गीता अधिकारी, तारादेवी लिम्बु, गणेश सुवेदी, नवराज श्रेष्ठ, कुमार मोक्तान, रमेश कोइराला, दिपेन्द्र खड्का सुनिता भट्टराईलाई सम्मान गरिएको थियो ।
कार्यक्रम नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनकबहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।
