
बाग्मती प्रदेशले सवारी साधनको कर तिर्ने समय असार मसान्तसम्म थप गरेको छ । चैत ११ देखि असार मसान्तसम्म कुनै पनि प्रकारको सवारी करमा जरिवाना समेत नलिने भएको छ। यस्तै घरजग्गा रजिष्टेसन शुल्क, मनोरञ्जन कर तिर्ने समय थप गरेर असार मसान्तसम्म पुर्याएको छ ।
१ गते देखि यातायात कार्यालय खुलेपनि जरिवाना कति असुल गर्ने भन्ने विषयमा अन्योल थियो । बाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गतको राजस्व महाशाखाले सूचना नै जारी गरेर कर तिर्ने समय थप गरेको हो ।
