९ बैशाख २०८२, मंगलवार

आफूप्रति भ्रामक समाचार आएको भन्दै पूर्वगृहमन्त्री खाणको आपत्ति

Balkrishna khad 1
फाइल फोटो

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिएका छन् । 

शनिबार उनले एक विज्ञप्ति निकाल्दै विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त प्रकरणमा संलग्न नभएको जनाएका हुन् ।

उनले आफूमाथि लगाइएको आरोप आधारहिन, तथ्यहिन भएको दाबी गर्दै उक्त घटनामा संलग्न नभएको र यसले व्यक्तिगत चरित्रहत्या गर्ने काम भएको जनाएका छन् ।

‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएको घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेशित नगरी दिनहुन अनुरोध छ ।’ उनले भनेका छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा तत्कालीन गृहमन्त्री खाणको समेत संलग्नता रहेको भन्दै समाचार प्रकाशित भएका थिए । उक्त प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले खाणको समेत नाम लिएका छन् । 

२०७८ असार २९ मा गृहमन्त्रालयको नेतृत्वमा आएलगत्तै खाणले सचिवका रुपमा पाण्डेलाई ल्याएका थिए । गृहमन्त्री भएपछि २०७९ पुस ११ सम्म खाण पटकपटक झापा पुगेको जिल्ला प्रशासनका अधिकारीहरुले जनाएका छन् ।

नक्कली शरणार्थी प्रकरणमा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने उनी हाल सम्पर्कविहीन छन् । रायमाझीका छोरा सन्दीप र पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन् । Khand 1683355032

    सम्बन्धित समाचार...