
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यो हाल सम्मकै उच्च दैनिक संख्या हो । यीमध्ये ८० जना महिला हुन् भने ५९१ जना पुरुष हुन् ।
यो सँगै नेपालमा संक्रमितको संख्या ७,८४८ पुगेको छ । यीमध्ये ६१९ जना महिला हुन् भने ७,२२९ जना पुरुष हुन् ।
नेपालमा बिहीबारसम्म २२ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस्:
काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिए
मृत्यु हुनेमा सुदूरपश्चिमका दुई जना रहेका छन् । जसमध्ये गोदावरी नगरपालिका-४ का ४६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका- २की ४३ वर्षीया महिला रहेका छन् । उनलाई जेठ ३१ गते कोरोना पुष्टि भएको थियो ।
गोदावरी नगरपालिकाका पुरुषको सेती अस्पतालमा उपचारका क्रममा असार ३ गते साँझ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
त्यसैगरी लक्कीचुहाकी महिलालाई टाउकोमा चोट लागेपछि उपचारका लागि नेपालगन्ज ल्याइएको थियो । उनको असार २ गते कोरोना परीक्षण गरिएको नतिजा असार ३ गते पोजेटिभ देखिएको थियो ।
उनको असार २ गते नै निधन भएको जनाइएको छ ।