
काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
काठमाडौंका २ जना मध्य एक तीनकुनेकी ३४ वर्षीया महिला हुन् भने अर्का बूढानीलकण्ठ नगरपालिकास्थित बालुवा खानीका ४५ वर्षीय पुरुष हुन ।
संक्रमित महिला असार १ मा उपचारका लागि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल पुगेकी थिइन् र त्यहाँ शंका लागेपछि उनको नमुना लिएर परीक्षण गर्दा कोरोना देखिएको हो। त्यसैगरी संक्रमित पुरुष किराना पसल सञ्चालन गर्दै आएका थिए।
हालसम्मकै उच्च संक्रमित संख्या आज: थपिए ६७१, २२को निधन, कूल संक्रमित ७,८४८