
दैलेखमा गएराति चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् ।
राति सुतिरहेका बेला करिब साढे १० बजेतिर घरमै चट्टयाङ पर्दा उनीहरु घाइते भएका प्रहरीले जनाएको छ ।
डुंगेश्वर गाउँपालिका – २ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
चट्टयाङ लागेका उनीहरुलाई वडाध्यक्ष यामबहादुर बिष्टको पहलमा राति नै एम्बुलेन्समार्फत दैलेख अस्पताल पुर्याएर उपचार थालिएको छ ।
पारस र हेमालाई बढी चोट देखिएको छ । अहिले चारै जनाको दैलेख अस्पतालमा उपचार भइरहेको अस्पाताल डा. धर्मराज रेग्मीले जानकारी दिएका छन् ।