१२ बैशाख २०८२, शुक्रबार

आज मदन–आश्रितको सम्झना गरिँदै

Madan bhandari

आज ३० औँ मदनआश्रित स्मृति दिवस । जननेता मदन भण्डार।ी र नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झना गरिँदैछ ।

कम्युनिष्ट आन्दोलनमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको अमिटछाप छ । कम्युनिष्ट नेता कार्यकर्तामा गहिरो माया । विभिन्न समूहमा छारिएका र कतिपय विध्वंसात्मक गतिविधिमा समेत लागेका कम्युनिष्टहरुलाई शान्तिपूर्ण मार्गबाट सत्तासम्म पुर्याउने उदेश्यले जननेता भण्डारीले ‘जनताको बहुदलीय जनवाद (जबज)’ प्रतिवादन गरी संसदीय व्यवस्थामा अवतरण गराउनुभएको हो । जननेता भण्डारीको फरक अभ्यासले विश्वभरमा कम्युनिष्टहरुमा उत्साह प्रवाह गर्यो । जबजले ‘कम्युनिष्टहरु आन्दोलनका अस्त्र मात्रै होइनन्, विकास र समृद्धि संवाहक पनि हुन’ भन्ने सन्देश दिएको छ ।

राष्ट्र, राष्ट्रियता र संगठन बिस्तारमा सक्रिय भइरहेको अवस्थामा जननेतथा भण्डारी र कुशल संगठक अआश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यम तवर जीज दुर्घटना निधन भयो । जननेता भण्डारी र कुशल संगठक आश्रितको निधनले राष्ट्रले देशभक्त र दूरदर्शी नेता गुमायो । तर उहाँहरुले छोटो अवधिमा मुलुक र पार्टीको लागि गरगर्नुभएको योगदान भने अविस्मरणीय छ । त्यही कारण भण्डारीमा जनजनको मनमा बस्न सफल हुनुभएको छ । आश्रितप्रति पनि देशवासीको श्रद्धा छ ।

राजनीति अटिल अवस्थामा पुग्दा नेता तथा कार्यकर्ताले जनतेता भण्डारीलाई सम्झन्छन् । हरेक जेठ ३ गते स्मृति दिवसमा बिशेष सम्झना गर्दै उहाँहरूको योगदानबारे चर्चा हुने गर्छ । आज ३० औँ स्मृति दिवसमा पनि कम्युनिष्ट नेता तथा कार्यकर्ताले मदनआश्रितको सम्झना गरेका छन् । मदन—आश्रितप्रति अन्य पार्टीका नेता तथा कार्यकर्ताले पनि श्रद्धासुमन व्यक्त गरेका छन् ।

‘बन्दुकको नालवाट मात्रै सत्ता कब्जा हुन्छ’ भन्ने पराम्परागत कम्युनिष्ट मान्यतालाई चिर्दै ‘जनताको मतद्धारा नै सत्ता कब्जा हुन्छ’ भन्ने मान्यताका साथ ‘जनताको बहुदलीय जनबाद’ (जबज) सिद्धान्तका प्रतिपादक नेताको रुपमा मदन भण्डारीलाई कम्युनिष्ट आन्दोलनको इतिहासमा सम्झिन्छ ।

सो सिद्धान्त प्रतिवादन गरे पछि भण्डारीलाई पुजिँवादी मुलुकका अमेरिकन मिडियाहरुले जिवित ‘कार्ल माक्र्स’भनेर संसारभर चिनाउने प्रयास गरेका थिए । उनको सिद्धान्त पछि विश्वभरीका कम्युनिष्टहरु ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ वाट श्रमजीवि बर्गको सत्ता स्थापनाका लागि लाग्नु पर्छ भनेर प्रेरित हुन पुगेको राजनीतिक बिश्लेषकहरुले भन्दै आएका छन्  ।

राजनीतिमा जबजलाई मूल सिद्धान्त मान्दै आएको नेकपा एमालेले ३० औँ मदनआश्रित स्मृति दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । एमालेले मदननगर बल्खुमा बिशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले मदनआश्रितको शालिकामा माल्र्यापण गर्ने कार्यक्रम छ ।

राजनीतिमा सिद्धान्त उही भएपछि नेतृत्वबीचको मनमुटावको कारण एमालेबाट अलगिएर बनेको नेकपा एकीकृत समाजवादीले पनि ३० औँ मदनआश्रित स्मृति दिवसमा विशेष कार्यक्रम गरेको छ । एकीकृत समाजवादीले केन्द्रीय कार्यालय अलोकनगरमा अध्यक्ष माधवकुमार नेपालसहित नेताको उपस्थितिमा श्रद्धाञ्जलीसभा लगायतका कार्यक्रम आयोजना गरेको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मदनआश्रित स्मृति दिवसको अवसरमा कोटेश्वरस्थित मदन भण्डारी शान्ति वाटिकामा आयोजित कार्यक्रम सहभागी हुनुुभएको छ ।

    सम्बन्धित समाचार...