८ बैशाख २०८२, सोमबार

नेपालमा २२ मध्ये १६ जनाको निधनपछि मात्रै कोरोना पुष्टि, २२ जना को हुन ? (विवरणसहित)

chitwan corona death 2

नेपालमा कोरोना भाइरसको संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । मृतकमध्ये १७ पुरुष र ५ महिला छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुने २२ जनामध्ये १६ जनाको मृत्यु भइसकेपछि मात्र कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । उनीहरुको ६ जनाको मात्रै कोरोना संक्रमण भएको थाहा पाइसकेपछि उपचारका क्रममा मृत्यु भएको छ ।

अन्य मुलुककमा कोरोना संक्रमण पत्ता लागिसकेपछि उपचारका क्रममा मृत्यु हुनेको संख्या धेरै छ भने नेपालमा भने मृत्यु भइसकेपछि मात्रै कोरोना संक्रमण भएको पुष्टि हुने संख्या अधिक देखिएको हो । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेमध्ये ७२ प्रतिशतभन्दा धेरैले मृत्युपछि कोरोना पुष्टि गरिएको हो ।

कोरोना संक्रमणबाट मृत्यु भएकाको विवरण:

१. सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया महिला ।
उनी १० दिनको सुत्केरी थिइन् ।
२ जेठमा निधन भई ३ जेठमा कोभिड १९ को संक्रमण पत्ता लागेको।

२. बाँकेको नरैनापुरका २५ वर्षीय युवक ।
३० वैशाखमा भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका ।
४ जेठमा मृत्यु भएपछि परीक्षणबाट संक्रमण पत्ता लागेको ।

३. गुल्मीका ४१ वर्षीय शिक्षक ।
५ जेठमा रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका ।
जन्डिस समेत भएका उनको ८ जेठको विहान निधन भएको ।

४. बाराका ७० वर्षीय वृद्ध ।
क्षयरोग र स्वास प्रश्वासको समस्याका कारण २ जेठमा अस्पताल भर्ना भई ४ जेठमा मृत्यु भई १२ जेठमा संक्रमण पुष्टि भएको ।

५. ललितपुर बुङमतीका ५६ वर्षीय पुरुष, १२ जेठमा किष्ट अस्पताल भर्ना भई १४ जेठमा मृत्यु भएको छ ।
१५ जेठमा संक्रमण पुष्टि

६. अर्घाखाँचीको भुमिका स्थान घर भएका ३५ वर्षीय पुरुष, भारतबाट फर्किदा १० जेठमा बाटोमै मृत्यु भई परीक्षणबाट कोरोना संक्रमण पुष्टि, १६ जेठमा संक्रमण पुष्टि

७. दैलेखको दुल्लु नगरपालिका खागितडाका ३५ वर्षीय पुरुष ।
पटांगिनी बजार दुल्लुको क्वारेन्टाइनमा ढलेर बेहास भई केही समयमा मृत्यु ।
स्वाब परीक्षणका क्रममा १७ जेठमा कोरोना संक्रमण पुष्टि

८. बाजुराको बुढीगंगा नगरपालिका धुरालसैनकी २ वर्षीया बालिका ।
बाबुआमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टाइनमा रहेकोमा १८ जेठको विहान मृत्यु भएको ।
१० जेठमा भारतबाट सपरिवार आएकी ।

९. दोलखा घर भएका ७६ वर्षीय पुरुष, १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र हेमोरेजिक स्ट्रोक भई शल्यक्रिया गरी १५ जेठमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको थियो ।
उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको ।

१०. पाल्पा सिलुवाखोलाका ४५ वर्षीय पुरुष ।
स्थानीय क्वारेन्टाइनमा राखिएको र स्वास्थ्यमा गडबडीपछि १९ जेठमा मिसन अस्पताल पाल्पामा लगिएको थियो ।
उपचारका क्रममा उनको २० जेठमा मृत्यु भएको थियो । २२ जेठमा कोरोना संक्रमण पुष्टि भएको

११. सुर्खेत पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवक ।
७ जेठमा भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका ।
परीक्षण गर्दा नेगेटिभ आएपछि २२ जेठमा घर गएकामा त्यहीं मृत्यु भएको थियो ।
मृत्यु भएपछि नमुना परीक्षणका क्रममा २३ जेठमा कोभिड १९ पुष्टि भएको

१२. डोल्पाका ५८ वर्षीय पुरुष ।
जगदुल्ला गाउँपालिका ३ घर भएका उनको २० जेठमा मृत्यु भएको ।
नमुना परीक्षणका लागि स्वाब संकलन गरी २२ जेठमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइएको
२४ जेठमा कोरोना संक्रमण पुष्टि भएको

१३. कैलालीकी ५५ वर्षीया महिला ।
धनगढी ४ की मृगौला रोगी उनको डायलसिस गर्ने क्रममा २३ जेठमा मृत्यु भएको थियो ।
सेती अस्पतालमा डायलसिसका लागि आउँदा त्यही बेलामा मृत्यु भएको ।
२४ जेठमा कोरोना संक्रमण पत्ता लागेको

१४. स्याङ्जा वालिङ नगरपालिका घर भएका ५८ वर्षीय पुरुष ।
मृत्यु पछि २६ जेठमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको

१५. चितवन भरतपुर ११ का पुरुषको २७ जेठमा निधन भएको ।
निमोनिया संक्रमित उनको २६ जेठमा कोरोना संक्रमण पुष्टि भएको ।

१६. अर्घाखाँचीको मालारानीको क्वारेन्टाइनमा बसेका ५७ का पुरुष ।
१२ दिन अघि मुम्बईबाट आई क्वारेन्टाइनमा राखिएको ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराई फर्कंदा कोद्रेखोलामा २८ जेठमा मृत्यु भएकोमा २९ जेठमा पत्ता लागेको ।
३० जेठमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको

१७. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका घन्टाघरमा २५ वर्षीय युवकको २८ जेठमा बेवारिसी लास फेला परेकोमा पोष्टमार्टमका लागि लगिएको ।
स्वाब परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
३० जेठमा संक्रमण पत्ता लागेको र ३१ जेठमा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको

१८. बारा जिल्ला निजगढ नगरपालिका ६ योजनाटोल निवासी ५ वर्षीय बालकलाई ज्वरो आएपछि वीरगञ्ज अस्पताल लगिएकोमा आरडिटी गर्दा पोजेटिभ आएपछि आइशोलेशनमा राखी उपचार शुरु ।
स्वाब परीक्षण गर्दा ३० जेठमा कोरोना पोजेटिभ पुष्टि भएको ।
प्रयोगशालाको नतिजा नआउँदै ३० जेठमा मृत्यु भएको ।

१९. गुल्मीका ३६ वर्षीय पुरुष ।
रेसुङ्गामा आइशोलेशनमा रहेकोमा ३१ जेठमा मृत्यु भएको ।
भारतबाट फर्किएपछि आइशोलेशनमा रहेकोमा स्वास्थ्यमा समस्या आएको ।
क्यान्सर संक्रमित उनको मृत्युको जानकारी ३२ जेठमा पुष्टि गरिएको

२०. बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीइा महिला ।
फोक्सो, मृगौला र प्यारालाइसिलकी विरामी उनको १ असारमा आइसीयुमा मृत्यु भएको छ ।
३ असारमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको

२१. कैलाली, गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुष ।
सेती अस्पतालमा उपचाररत हुँदा मृत्यु भएको ।
धनगढीको नवजीवन अस्पतालमा उपचार गर्दा जेठ ३१ मा कोरोना संक्रमण पुष्टि भएपछि सेती अस्पताल सारिएको थियो ।
उपचारका क्रममा ३ असारको बेलुकी ७ बजेर ५२ मिनेटमा मृत्यु ।
स्वास्थ्य मन्त्रालयले ४ असारमा जानकारी दिएको

२२. कैलालीको लम्किचुआकी ४३ वर्षकी महिला ।
टाउकोमा चोट लागेपछि नेपालगञ्ज मेडिकल अस्पतालमा भर्ना गरेको ।
२ असारमा शल्यक्रिया गर्नुअघि नमुना संकलन गरेकोमा सोही दिन नै मृत्यु भएको ३ असारको साँझ पुष्टि भएको थियो ।
स्वास्थ्य मन्त्रालयले ४ असारमा जानकारी दिएको

कोरोनाबाट कहिले-कति जनाको मृत्यु भयो ?

  • गत जेठ १  गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकी थिइन् । उनी नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने पहिला व्यक्ति थिइन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती महिलाको  कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको घोषणा जेठ ३ गते गरेको थियो ।

    ती महिला काठमाडौंको टोखा ९ बाट वैशाख २३ मा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा डेलिभरी हुन भर्ना भएकी थिइन् । उनले वैशाख २४ गते  शिशुलाई जन्म दिएकी थिइन् । उनलाई वैशाख २५ गते अस्पतालले डिर्स्चार्ज गरेको थियो । तर डिस्चार्ज भएर घर गएपछि उनलाई ज्वरो आउने र स्वासप्रश्वासमा समस्या देखिएपछि स्थानिय अस्पतालमा गएकी थिइन् । तर त्यहाँ उनलाई कोरोना भाइरसको आशंकामा धुलिखेल अस्पताल पठाएको थियो । अस्पतालमा ल्याउँदै गर्दा जेठ १ गते मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।
  • बाँके नरैनापुर ५ का २५ वर्षका पुरुषको पनि कोरोना भाइरसको संक्रमणबाट गत जेठ ४ गते मृत्यु भएको थियो । उनलाई जेठ ३ गते रातिदेखि ज्वरो आउने र झाडापखालाको समस्या देखिएको थियो । ४ गते बिहान ६ बजेर ४० मा मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो । वैशाख ३० गते ती पुरुष भारतबाट आएका थिए । 

    उनी नरैनापुर गाउँपालिका ५ स्थित भोज भगवानपुरस्थित क्वारेन्टाइनमा बसेका थिए । तर ती पुरुषको स्वाब संकलन गरेर भेरी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । कोरोना परीक्षणको रिर्पोट आउनुभन्दा अघि नै ती पुरुषको ज्यान गएको थियो । तर  जेठ ४ गतेकै दिन दिउँसो स्वास्थ्य मन्त्रालयले उनको संक्रमणबाटै मृत्यु भएको पुष्टि गरेको थियो ।
  • गुल्मी मदाने गाउँपालिका धुर्कोटका ४१ वर्षका पुरुषको जेठ ८ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो । ती व्यक्तिलाई ज्वरो र जन्डिसको समस्या देखिएपछि जेठ १ गते रुपन्देहीको मणीग्रामस्थित क्रिमसन अस्पतालको भेन्टीलेटरमा भर्ना भएका थिए ।

    जेठ २ गते भैरहवा अस्पतालका प्रयोगशालामा  कोरोना परीक्षणका लागि स्वाब परीक्षणका अस्पताल पठाएको थियो । तर  नमुना परीक्षणको रिर्पोट जेठ ५ गते कोरोना पोजेटिभ देखिएको मन्त्रालयले पुष्टि गरेको थियो  । उनको जेठ ८ गते अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो । ती पुरुष कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने तेस्रो व्यक्ति थिए ।
  • जेष्ठ ४ गते बारा कलैया ७ का ७० वर्षका पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । ती पुरुषको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो  । जेठ ३ गते  नारायणी अस्पतालको टोलीले  स्वाब संकलन गरे नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गरेको थियो । तर त्यहाँ कोरोना पोजेटिभ देखिएपछि थप परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । तर जेष्ठ १२ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो ।  ती ७० वर्षका जेष्ठ नागरिक कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने चौथो व्यक्ति हुन् ।
  • त्यस्तै, ललितपुर महानगपालिका बुङ्‌मती – २२ का ५६ वर्षका पुरुष कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । ति पुरुषको जेष्ठ १४ गते ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचाररत पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

    उनी कलेजोसम्बन्धी समस्या देखिएर जेठ ११ गते अस्पताल भर्ना भएका थिए । जेठ १२ गते आइसीयूमा सारिएको थियो । सोही दिन नमुना संकलन परीक्षणका लागि पठाएको थियो । उनलाई कोरोना पोजेटिभको रिर्पोट जेठ १४ गते आएको थियो । तर मन्त्रालयले १५ गते ती पुरुषमा कोरोना संक्रमण देखिएको मृत्यु भएको पुष्टि गरेको थियो । उनी कोरोना भाइरसबाट मृत्यु हुने पाँचौं व्यक्ति हुन् ।
  • अर्घाखाँची भुमिकास्थान नगरपालिकाका ३५ वर्षको पुरुषको जेष्ठ १० गते मृत्यु भएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको जेठ १६ गते जानकारी दिएको थियो । भारतबाट आउने क्रममा उनको सीमामा मृत्यु भएको  थियो । उनको स्वाब  जेठ ११ गते संकलन गरेर रुपन्देहीको प्रयोगशालामा परिक्षण गरिएको थियो । 

    उनको कोरोना परीक्षणको रिर्पोटमा पोजेटिभ देखिएको थियो । उनी  कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने छैटौं व्यक्ति हुन् ।
  • यस्तै, दैलेखको दुल्लु नगरपालिका ७ का ३५ वर्षका पुरुषको जेठ १७ गते ज्यान गयो । उनी भारतबाट आएर स्थानीय विधुत प्राधिकरणको क्वारेनटिनमा बसेका थिए । उनको क्वारेन्टिनमै मृत्यु भएको हो । ती पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेष्ठ १८ गते अथार्त मृत्यु भएको दोस्रो दिन मात्र जानकारी दिएको थियो । उनी कोरोनाबाट ज्यान सातौ व्यक्ति थिए ।
  • बाजुराकी दुई वर्षकी बालिकाले कोरोना भाइरस (कोभिड १९)बाट ज्यान गुमाइन् । जेष्ठ १० गते  भारतबाट बुबा आमासँग नेपाल आएकी थिइन् । उनी स्थानीय क्वारेनटिनमा बसेकी थिइन् । ति बालिकालाई क्वारेन्टिनमा रहँदा ज्वरो स्वासप्रश्वासमा समस्या र झाडापखाला देखिएको थियो ।  

    जेष्ठ १५ गते बाजुरा अस्पताल भर्ना गरिएको थियो । १६ गते स्वाब सेती प्रादेशिक अस्पतालमा परीक्षणका लागि पठाइएको थियो । जेष्ठ १८ गते बिहान ति बालिकाको उपचारको क्रममा गएको थियो । उनको कोरोना परीक्षणको रिर्पोट पनि पोजेटिभ आएको जेठ १८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । ती बालिका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने आठौं केस थिइन् ।
  • दोलखाका ७६ वर्षका पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । जेष्ठ १३ गते सिनांमगलस्थित काठमाडौ मेडिकल कलेजमा मतिष्कघात भएर अस्पताल भर्ना भएका थिए । उनको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । उनको मतिष्कघातको शल्यक्रिया गरिएको थियो । उनको १५ गते कोरोना परीक्षणको रिर्पोट पोजेटिभ आएको थियो । थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ्) मा रिफर गरिएको थियो । सोही अस्पतालको आइसियुमा उपचारकै क्रममा जेठ २१ गते ज्यान गएको थियो ।
  • जेठ २० गते पाल्पाका ४५ वर्षका पुरुषको मृत्यु भएको थियो । पाल्पाको पूर्वखोला गाउँपालिका मिसन अस्पतालमा उपचाररत उनी मृत्यु भएको थियो । भारतबाट गत जेठ १५ गते आएका थिए । उनी स्थानीय क्वारेन्टिनमा रहेका थिए । क्वारेन्टिनमा रहँदा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । उनी जेठ १८ गते पाल्पाको मिसन अस्पतालमा भर्ना भएका थिए । 

    अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो । उनको मृत्यु कोरोना भाइरसको संक्रमणबाट नै भएको जेष्ठ २२ गते मन्त्रालयले जानकारी दिएको थियो ।  उनी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने १० औँ व्यक्ति थिए ।
  • सुर्खेतका पञ्‍चपुरीका १८ वर्षका पुरुषको जेठ २२ गते मृत्यु भएको थियो ।  जेठ ८ गते भारतबाट नेपाल आएका थिए । उनी १४ दिन क्वारेन्टिनमा बसेका थिए । उनलाई क्वारेन्टिनमा बस्दा कुनै संक्रमणको लक्षण  देखिएको थिएन ।  घर जानुभन्दा अघि उनको क्वारेन्टिनमा स्वास्थ्यकर्मीहरुले आरडीटी परीक्षण गरेका थिए । तर त्यसमा नेगेटिभ देखिएको थियो । 

    उनी घर गएका थिए । तर उनको सोही दिनै मृत्यु भएको थियो । तर मृत्युपश्चात आएको परीक्षणको रिर्पोटमा कोरोना पोजेटिभ पोजेटिभ देखिएको थियो  ।उनी कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने ११ औं व्यक्ति थिए |
  • त्यसैगरी, डोल्पाका ५८ वर्षका पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । जेठ २१ गते विहानको २ वजे क्वरोन्टिनमै मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ती पुरुष जेठ १६ गते सुर्खेतबाट डोल्पा गएका थिए । १८ गते क्वारेन्टिननमा रहेका थिए । उनी दम रोगका बिरामी थिए । उनको कोरोना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । 

    उनको कोरोनाबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेष्ठ २४ गते मात्र जानकारी दिएको थियो । ती पुरुष कोरोनबाट ज्यान गुमाउने १२ औँ व्यक्ति थिए ।
  • त्यसैगरी, धनगढी ४ का ५५ वर्षकी महिलाको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । जेठ २३ गते सेती प्रादेशिक अस्पतालमा मृगौलाको डाइलासिस गदैगर्दा ति महिलाको मृत्यु भएको थियो । मृत्यु पश्चात ती व्यक्तिको स्वाब झिकेर परीक्षण गरिएको थियो । जसमा कोरोना पुष्टि भएको थियो । यो केस सँगै मृत्यु हुनेको संख्या १३ पुगेको थियो ।

    स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ३ का वर्ष ५८ का पुरुषको पनि कोरोना भाइरसकोस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जेठ ६ गते ती पुरुषमा कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका थिए । उनी कोरोना भाइरसबाट मृत्यु हुने १४ औं व्यक्ति थिए । 
  • चितवन भरतपुर ११ का ६८ वर्षको पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । ती पुरुषमा जेठ २६ गते कोरोना पुष्टि भएको थियो । उनलाई मधुमेह र उच्च रक्तचापको समस्या देखिएपछि भरतपुर अस्पतालको आईसीयूमा उपचाररत थिए । उनको उपचारकै क्रममा जेठ २७ गते बिहान मृत्यु भएको थियो । ती पुरुष कोरोना भाइरसको संक्रमणबट ज्यान गुमाउने १५ औँ व्यक्ति थिए ।
  • अर्घाखाँचीका ५७ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको  थियो । उनी भारतको महाराष्ट्रबाट गत जेठ १८ गते नेपाल आएका थिए । उनी नेपाल आएर अर्घाखाँची मालारानी ४ का सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका थिए । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लगिएको थियो । 

    उपचारपश्चात फर्किने क्रममा बाटोमा नै मृत्यु भएको थियो । उनको  मृत्युपछि स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालमा पठाइएको थियो भने जेठ २९ गते कोरोना परीक्षणको रिर्पोट पोजेटिभ आएको थियो । मन्त्रालयले ती पुरुषको कोरोना संक्रमण देखिएको जेष्ठ ३० गते पुष्टी गरेको थियो ।

     उनी कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने १६औं व्यक्ति थिए ।
  • जेठ २८ गते वीगञ्जको घन्टाघरमा भेटिएको बेवारिसे शवमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । करिब २५ वर्षका पुरुषको बेवारिसे शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा ल्याइएको थियो भने स्वाब संकलन गरेर नारायणी कै प्रयोगशालामा परीक्षण गरिएको थियो । जेठ ३० गते आएको रिर्पोटमा कोरोना संक्रमण देखिएको थियो तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेष्ठ ३१ गते कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो ।  
  • त्यसैगरी, जेष्ठ ३० गते वीरगञ्‍ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ५ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बाराको निजगढ नगरपालिका वडा नम्बर ६ का ५ वर्षका बालकको पनि कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको थियो । उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि वीरगञ्ज हेल्थ केयर अस्पतालको आइसोलेनमा राखेर  उपचार गरिएको थियो । 

    सुरुमा अस्पताले गरेको आरडीटी परीक्षणमा ती बालक पोजेटिभ देखिएको थियो पुन पिसिआर गर्न स्वाब लिएको थियो । तर ति बालकको जेष्ठ जेष्ठ ३० गते नै मृत्यु भएको थियो तर ती पुरुषको कोरोना परीक्षणको पीसीआर रिर्पोट मृत्युपछि मात्र आएको जेठ ३१ गतेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका  थिए । ती बालक कोरोनाबाट ज्यान गुमाउने १८ औँ केस थिए ।
  • गुल्मी धुर्कोट गाउँपालिकाका वडा नम्बर ४ जैशीथोकका ३६ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । ती पुरुष भारतबाट आएका थिए । जेठ १२ गते ती पुरुषमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनी रेसुंगा नगरपालिकाको आइसोलेनमा रहेका थिए । ती पुरुषको जेष्ठ ३१ गते आइसोलेनमै उपचारका क्रममा मृत्यु भएको थियो । 

    ती पुरुष क्यान्सरका विरामी समेत रहेका मन्त्रालयका प्रवक्ता डा. गौतमले बताएका थिए । ति पुरुषको कोरोना भाइरसबाट ज्यान गएको जानकारी मन्त्रालयले जेठ ३२ गते जानकारी दिएको थियो । कोरोना भाइरसको संक्रमणबाट ज्यान गमाउँने १९ औा व्यक्ति हुन् ।
  • बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । ती महिला मिर्गौलाको समस्या आएपछि नेपालगन्ज शिक्षण अस्पतालमा जेठ ३० गते भर्ना भएकी थिइन् । उनको अस्पतालमा उपचारका क्रममा असार १ गते साँझ नै मृत्यु भएको थियो ।  

    सोही दिन उनको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि भेरी अस्पतालको प्रयोगशालामा नमुना पठाइएको थियो तर उनको कोरोना परीक्षणको रिर्पोट  असार २ गते मात्र आएको थियो जसमा कोरोना संक्रमण भएको पाइएको थियो  । उनको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको मन्त्रालयले असार ३ गते मात्र जानकारी दिए । उनी कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने २० औँ व्यक्ति थिइन् ।
  • गोदावरी नगरपालिका४ का ४६ वर्षीय पुरुष कोरोना भाइरसको संक्रमणबा ज्यान गएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण ३१ गते कोरोना पुष्टि भएको थियो । कोरोना भाइरसको  संक्रमण देखिएर सेती अस्पतालमा उपचारकै क्रममा ती पुरुषको असार ३ गते साँझ मृत्यु भएको थियो । तर, ती कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले (आज)  असार ४ गते जानकारी दिएको हो ।

    त्यसैगरी लम्कीचुहा नगरपालिका-२की ४३ वर्षीया महिला रहेको समेत कोरोना भाइरसको संक्रमणबाट  मृत्यु भएको छ । ती महिलालाई टाउकोमा चोट लागेपछि उपचारका लागि नेपालगन्ज ल्याइएको थियो । तर उपचारकै क्रममा असार २ गते ज्यान गएको थियो । 

    उनको कोरोना परीक्षण गरिएको नतिजा असार ३ गते पोजेटिभ आएको  थियो  तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले असार ४ गते (आज) कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिएका हुन् ।

    कोरोना का कारण निधन हुने उनिहरु क्रमश्: २१औ र २२औ व्यक्ती हुन ।