९ बैशाख २०८२, मंगलवार

आज कोसी र वाग्मती प्रदेशका केही भू–भागमा बिहानैदेखि हल्का वर्षा

weather aajko mausam

पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा आज मेघगर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ। साथै तराईका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेकाले राति पहाडी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

अहिले बिहान कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली छ भने बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ।

भोलि (आइतबार) आंशिक बदली भइ कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ। राति पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने छ।

सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

    सम्बन्धित समाचार...