८ बैशाख २०८२, सोमबार

रवि लामिछाने भन्छन् – मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौं

rabi

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरुलाई देशबाट नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताए ।

शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफूमाथि जतिसुकै मुद्दा लगाइए पनि, घेराबन्दी गरेपनि भ्रष्टाचार विरुद्धको पार्टीको अभियान नरोकिने बताए ।

लामिछानेले भने, ‘कुनै पनि भ्रष्टहरुको विषयमा हामी निर्मम भएर अगाडि बढ्छौं । यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला । कत्रो सजाय भोग्नु पर्छ होला । मलाई थाहा छैन जतिसुकै घेराबन्दी हुन् । जतिसुकै मुद्दा चल्दै गरुन् । भ्रष्टहरुलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौं ।’

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि आशंका व्यक्त गरे । संसदीय विशेष समिति बनाएर यस प्रकरणको छानबिन गर्न उनको माग छ ।

    सम्बन्धित समाचार...