८ बैशाख २०८२, सोमबार

यी हुन् आममाफी पाउने १९ बन्दी (सूचीसहित)

sital niwas

राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित १९ जनाको कैद सजाय मिनाहा गरेका छन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्‌को जेठ १२ र १४ गतेको निर्णय सिफारिसअनुसार रेशम चौधरीसहित १९ जनालाई संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ अनुसार गणतन्त्र दिवसका अवसरमा कैद माफी गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले रेशमलगायत कैदीलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

आम माफी पाउने १९ बन्दी (सूची)

१. रेशमलाल चौधरी

२. टोपबहादुर बुढा

३. दुन्नी चिडिमार

४. शम्भु सिवाकोटी

५. जगन्नाथ ढकाल

६. विक्रम विष्ट (विज्ञान)

७. राम कैलाश राय

८. विजय मल्ल

९. प्रमोदप्रसाद चौहान

१०. अञ्जनी राजधामी

११. महेन्द्र महतो कोइरी

१२. अम्मरबहादुर डाँगी

१३. रामचन्द्र साह कानु

१४. रामेश्वरप्रसाद साह कानु

१५. जागेश्वर सिंह राजपुत

१६. मुनिलाल साह कानु

१७. हरिनारायण पन्थ

१८. दिनानाथ महतो कोइरी

१९. ब्रहमदेव महतो कोइरी