८ बैशाख २०८२, सोमबार

रेशम चौधरी डिल्लीबजार कारागारबाट रिहा

resham riha

राष्ट्रपतिबाट आम माफी पाएका पूर्वसांसद रेशमलाल चौधरीको रिहा भएका छन् । डिल्लीबजार कारागारमा रहेका चौधरीको स्वागतका लागि पुष्पगुच्छा र माला लिएर आफन्तजन र समर्थकहरु आज बिहानै कारागार अगाडि भेला भएका थिए। उनीहरुले बाजागाजा र फूलमाला सहित चाैधरीकाे स्वागत गरे । उनी आजै कैलाली जाने तयारी छ । धनगढी जानुअघि उनी पत्नी मन्त्री रन्जिता चौधरीसँगै पुल्चोकस्थित मन्त्री निवास गएका छन् ।

टीकापुर घटनामा दोषी ठहर भई कैद सजायँ भोगिरहेका पूर्वसांसद चौधरीसहित विभिन्न मुद्दाका १९ जना बन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार आम माफी दिएपछि उनी रिहा भएका हुन् ।

राष्ट्रपतिले थप ४ सय ८२ जना कैदी बन्दीको सजायँ पनि मिनाहा गरेका छन् । टीकापुर घटनामा भने रेशमलाई मात्रै माफी दिइएको छ । टीकापुर घटनामा दोषी ठहर भएका रेशमसहित ५ जना हाल कारागारमा छन् । रेशम काठमाडौंमा छन् भने प्रदीप चौधरी, हरिनारायण चौधरी र वीरबहादुर चौधरी कैलालीमा कारागारमा र नाबालक श्रवण चौधरी पोखरा सुधार गृहमा छन् । २९ जना अझै फरार छन् । सरकारले विज्ञसँगको सल्लाह अनुसार नै निर्णय गरिएको जनाएको छ ।

आम माफी पाउने १९ जनामा विभिन्न कारागारमा रहेका रेशमलाल चौधरी, टोपबहादुर बुढा, दुन्नी चिडिमार, शम्भु सिवाकोटी, जगन्नाथ ढकाल, विक्रम विष्ट ९विज्ञान०, राम कैलाश राय, विजय मल्ल, प्रमोदप्रसाद चौहान, अञ्जनी राजधामी, महेन्द्र महतो कोइरी, अम्मरबहादुर डाँगी, रामचन्द्र साह कानु, रामेश्वरप्रसाद साह कानु, जागेश्वर सिंह राजपुत, मुनिलाल साह कानु, हरिनारायण पन्थ, दिनानाथ महतो कोइरी र ब्रहमदेव महतो कोइरी छन् ।

resham chaudhary
349610362 741443084392698 1614446654236155390 n

    सम्बन्धित समाचार...