
आज असार ७ गते आइतबार अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दैछ । सुर्य ग्रहण को समय करिब ६ घन्टा हुनेछ भने नेपालमा जम्मा ३ घण्टा ३१ मिनेट सम्म अवलोकन गर्न सकिने छ ।
सूर्य ग्रहण काठमाडौंबाट १०ः५४ बजे प्रारम्भ हुने छ भने मध्यान्न १२ बजेर ३८ मिनेटमा र अपरान्ह २ बजेर २३ मिनेटमा मोक्ष हुनेछ ।
हालै नेपालले आफ्नो नक्सामा समावेश गरेको कालापानी, लिपुलेक र लिम्पियाधुराबाट ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने छ ।
यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (आधा ढाक्ने) मात्र देख्न सकिने छ । ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिनेछ ।
ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ । त्यसकारण उक्त दिन दुईपटक बिहान भएको पो हि कि भन्ने जस्तो महशुस हुन सक्नेछ ।
भोलिको साढे ३ घण्टा लामो खण्डग्रास, राशी अनुसार के फल प्राप्ती हुनेछ ?
कुन प्रदेशमा कति प्रतिशत सम्म सुर्य ढाकिन्छ ?
- प्रदेश १: ८३.८०%
- प्रदेश २: ८२.८७%
- बाग्मती प्रदेश : ८५.७४%
- गण्डकी प्रदेश : ८९%
- प्रदेश ५ : ८८.९४%
- कर्णाली प्रदेश : ९३.२१%
- सुदुर पश्चिम प्रदेश : ९४.०४%
आफु बसेको ठाउँमा कति प्रतिशत सुर्य ढाकिएको छ भनेर जान्न यो लिंकमा जानुहोस