१२ बैशाख २०८२, शुक्रबार

इजलासमा पाण्डेको गुनासोः ‘प्रहरीहरुले मध्यराती निद्रा पनि बयानका लागि मानसिक दवाब दिए’

tek narayan

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले आफूलाई प्रहरीले मानसिक दवाबमा बयान गराएको बताएका छन् ।

इजलासमा न्यायाधीशसमक्ष भएको बयानमा उनले प्रहरीले मध्यराती निद्राको समयमा पटक–पटक लगेर दबावमा बयान दिन लगाएको बताएका हुन् । साथै, प्रहरीले वहकावमा आफ्नो बयान लेखेको समेत उनले आरोप लगाएका छन् ।

‘अनुसन्धान अधिकारी समक्ष गरेको बयान व्यहोरा मैले दवाबमा गरेको मध्यरातमा निद्रामा भएको अवस्थामा मेट्रो प्रहरीमा पटक–पटक लगि मानसिक रुपमा दवाब दिइएको थियो । बयान पनि प्रहरी घेरामा राखी गराएर अन्तिममा सरकारी वकिलको सहीछाप गराइएको हो,’– इजलासमा उनले भने ।

    सम्बन्धित समाचार...