
फाइल फोटो
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुने स्पष्ट पारेका छन् ।
एमाले, राप्रपा र रास्वपाले आज सदन अवरुद्ध पारेका छन् । उनीहरुले नागरिकता प्रमाणीकरण, प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिलगायतका विषयमा सदन अवरुद्ध पारेका हुन् ।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा ओलीले भने,‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि सेटल हुनेछ ।’
एमालेलगायतका विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना गरेका छन् ।