१२ बैशाख २०८२, शुक्रबार

शिशिर खनालले प्रचण्डलाई ‘भैँसी चढेर आएको’भनेपछि संसद्मा हंगामा

image 15

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्कदा भैँसी चढेर आएको भन्ने समचार सार्वजनिक भएको छ भनेर अभिव्यक्ति दिएपछि संसद्मा हंगामा उत्पन्न भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो भारत भ्रमणको सन्र्दभमा प्रक्ष्टीकरण दिएपछि प्रतिउत्तरमा प्रश्न सोध्नेक्रममा खनालले उक्त अभिव्यक्ति दिएका थिए । खनालले उक्त अभिव्यक्ति दिएपछि माओवादी केन्द्रका सांसद्ले आपत्ति जनाएका थिए ।

माओवादी केन्द्रका सांसद्का आपत्तिप्रति प्रमुख प्रतिपक्षी दल एमाले तथा रास्वपा र राप्रपाले हामीले बोल्न पाउनुपर्छ भन्दै नारावाजी गरेपछि केही समय संसद्मा रमिता देखिएको थियो ।

सभामुख देवराज घिमिरेले खनालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएपछि प्रतिपक्षीदलका सांसदहरु झन उग्र बनेका थिए ।

निक्कै लामो रस्साकस्सी पछि आजको प्रतिनिधिसभामा प्रयोग भएको भैँसी चढेको भन्नै सबै शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएपछि अहिले संसदमा छलफल सुचारु भएको छ ।

    सम्बन्धित समाचार...