
प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा उठेका प्रश्नका जवाफ दिन खोज्दा विपक्षी दलले अवरोध गरेको छ । अवरोधपछि प्रधानमन्त्री दाहालले जवाफ दिन पाएनन् ।
भारत भ्रमण तथा नागरिकता विधेयकसहितका विषयमा सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन थाल्दा सांसदहरुले होहल्ला गरेका छन् सत्तापक्ष र प्रतिपक्षी सांसदहरु एकअर्काविरुद्ध होहल्ला गरिरहेका हुन् ।
सभामुख देवराज घिमिरेले सांसदहरुलाई प्रधानमन्त्रीलाई बोल्न दिन आग्रह गरेका थिए । तर अवरोध कायम नै रहेपछि सभामुखले भने, ‘माननीय ज्यूहरु यसरी दोहोरी नखेलौं । प्रधानमन्त्रीलाई बोल्न दिऊँ । नियमआपत्ति भए तपाईंहरु पछि बोल्नुहोस् ।’
पटकपटक आग्रह गर्दा पनि अवरोध कायमै रहेपछि सभामुखले सांसदहरुलाई रत्यौली नखेल्न आग्रह गरे ।
प्रधानमन्त्री दाहालले पनि आफूले तथ्य राखिसकेपछि खण्डन गर्न सांसदहरुलाई आग्रह गरेका थिए ।
केहीसमयको अवरोधपछि संसद फेरि सुरु भएको छ ।