
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निकै तरंगित र निकै गम्भीर बनेको प्रतिक्रिया दिए ।
‘प्रधानमन्त्रीको भारत भ्रमणले देश उत्साहित हुनु पर्ने ठाउँमा तरंगित हुनु पर्ने बनाएको’ ओलीको दाबी थियो ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘एउटा अविश्वासको र एउटा आशंकाको स्थिति बनेको छ । सम्मानीय प्रधानमन्त्रीज्यूकै अभिव्यक्ति भिडियो रेकर्डनै छदै छ । उहाँले बोलेकै कुरा भिडियो रेकर्डमा छँदैछ । बंगलादेश जाने बाटोसँग लिपुलेक, लिम्पियाधुरा सट्टापट्टा गर्ने कुरा स-स्वर आएका छन् ।’
अध्यक्ष ओलीले बंगलादेश जाने बाटो वा पारवहनको सुविधा सट्टापट्टाको विषय भनइ त्यो नेपालको अधिकारको विषय भएको बताए । ‘यसमा कुनै प्रकारको सट्टापट्टाको कुरा हुँन सक्दैन’, उनले भने ।
ओलीले पारवहन सम्बन्धी उक्त कुरा पहिले नै टुङ्गिएर ‘बीबीआईएन् – बंगलादेश, भुटान, इन्डिया र नेपाल’ ४ देशको एउटा संगठनजस्तो बनेको सम्मरण पनि गराए । त्यसमा ‘ट्रान्सर्पोर्टेसन’– ढुवानी र आवागमनका लागि सहमति बनेको पनि ओलीले बताए । ‘जसमा भुटानले कार्यान्वयन गर्ने बेला बीबीआईएन् मध्ये बीआईएन् तपाईंहरू तीनटा अगाडि बढ्नुस् । हामी पछि हेरेर विस्तारै सहभागी हौँला– अहिले हामी तयार भइसक्या छैनौँ भनेर भुटान त्यसमा सहभागी भएन ।’
बंगलादेश इन्डिया नेपालसम्म बस यातायात सञ्चालनसम्मका उद्घाटन पहिलेनै भइसकेकव बताउँदै ‘त्यसकारण बंगलादेशसम्म जानका लागि हामीले कुनै जमीन दिनु पर्छ भन्नेकुरा नितान्त गलत र अत्यन्त कमजोर ढंगले नेपालको तर्फबाट उठ्यो’, ओलीले भने ।