
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले हालै गरेको भारत भ्रमणमा अपमानित महसुस नगरेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा आफूले अपमानित भएको महसुस नगरेको बताएका हुन् ।
अधिकांश प्रधानमन्त्रीलाई स्वागतका लागि राज्यमन्त्री, सचिव आउने गरेको जानकारी दिँदै उनले आफूलाई पनि सोहीअनुसार नै राज्यमन्त्रीले स्वागत गरेको बताए ।
बरु इन्दौर र उज्जैनमा भने भव्य रुपमा स्वागत गरिएको जानकारी दिँदै उनले आफू र आफ्नो टोलीले भारत भ्रमणभर अपमानित महसुस नगरेको बताए ।
यस्तै, प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणका क्रममा हिन्दुराष्ट्र र राजसंस्थाबारे छलफल नभएको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसको जिज्ञासालाई सम्बोधन गर्दै उनले आफ्नो भारत भ्रमणमा नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाबारे छलफल भएको बताएका हुन् ।
दुई देशबीचको आपसी सम्बन्ध र चासोको विषयमा मात्र छलफल भएको भन्दै उनले सीमा विवाद समाधानदेखि पारवनका विषयमा कुराकानी भएको जानकारी दिए ।