
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताएका छन् ।
गौतमसँग बुधबार दिउँसो संसद् परिसरमा एमाले नेताहरुले ७० वर्षे उमेरहदको व्यवस्थाका कारण अब पार्टीमा आउन सजिलो भएको भन्दै हाँसोठट्टा गरेका थिए। अध्यक्ष ओलीले गौतमको पार्टी सदस्यता एमालेमै रहेकाले उनलाई पार्टीमा भित्र्याइरहनुनपर्ने बताएका हुन्।
सञ्चारकर्मीले एमालेमा ७० वर्षे उम्मेर हद हटाउने भएपछि बामदेव गौतम एमालेमै आउने भन्नु भएको छनि भन्ने प्रश्न गरेपछि ओलीले सो कुरा बताए ।
ओलीले अब थप केही कुरा छ र ? भन्ने प्रतिक्रिया दिए । उहाँले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताएका छन् । सञ्चारकर्मीले सोधे- उहाँलाई भित्र्याउनुहुन्छ कि हुन्न?
ओलीले भने- ‘उहाँले सदस्यता ती छ भन्नु भयो होइन । अनि, कुरा बाँकि छ केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनु भयो । एकता अभियान चलाउनु भयो । त्यो अभियान मात्रै हो । पार्टी खोलेको होइन । एमालेमा जान्छु भन्नुभएको छ । त्यो ठिक छ । ठिक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ । कुरो सक्किगो नि।’
एमालेले मंगलबार पार्टीमा रहेको ७० वर्षे उमेरहदको व्यवस्था निलम्बन गरेपछि एमालेमा बुढापाका नेताहरुलाई पद ओगट्न सजिलो भएको छ।
जवाफमा बामदेवले ‘आफू एमालेमा आउन तयार रहेको तर केपी ओलीले भन्नुपर्यो नि’ भन्ने जवाफ दिएका छन्। बामदेवले एमाले नेता सूर्य थापालाई यसबारे केपी ओलीसँग पहलकदमी लिन पनि आग्रह गरेका थिए।
‘यदि मलाई खबर गर्नुभयो भने आगामी महाधिवेशनसम्म उमेरको हदबन्दी निलम्बन भइरहन्छ भन्नुभयो भने म र मसँग भएका साथीहरू यही अवस्थामा एमालेमा जान्छौ।’ गौतमले भने, ‘उहाँहरूले मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याउनु भएको हो। मैले त्यसबेला मेरो निम्ति मात्रै राख्नु भएको होइन होला, राख्नु भयो भने राख्नु भनेको थिएँ। अझै पनि ४/५ वर्षमा ७० वर्ष पुग्ने १०/१२ जना नेता छन्।’
‘उनले उमेरको प्रावधान संविधान विरोधी भएको पनि बताए। ‘उमेरको प्रावधान मानवता विरोधी छ। उमेर हद शारिरीक अवस्था हो ।’ गौतमले भने, ‘उमेरका आधारमा पार्टीमा बस्न पाउने नपाउने भन्ने विषयमा विभेद गर्नु अपराध हो।’
केपी ओलीसँग पटक पटक भेटेर आफूलाई लैजान आग्रह गरेको पनि गौतमले बताए।
‘उहाँलाई तीन पटक भेटेर र तीनपटक फोनमा कुरा गरेको छु । मलाई लैजानुस्। मैले पनि बनाएको पार्टी हो भनेको छु’, गौतमले भने, ‘तपाईं नै हो हाम्रो पार्टीको निर्माणकर्ता हो, हामी जेल पर्दा तपाईंले नै हो पार्टी बनाएको भन्नुभएको छ। फेरि गएर योगदान गर्न तयार छु।’
उनले आफ्नो पार्टी सदस्यता एमालेमै रहेको भन्दै अब नवीकरण गर्ने पनि बताए।
‘म आफू त जाने कुरा भएन। मेरो पनि सदस्यता नवीकरण गर्न म श्रीमती तुलसा थापा पठाउँछु। सदस्यता नवीकरण गर्छु’, उनले भने,‘वामदेवलाई पनि अटाउन ७० वर्षे हटाइएको भनेको हो भने म त्यहँ योगदान दिन तयार छु।’
उनले आफू एमालेमा अध्यक्ष र महासचिव बन्न जान नलागेको भन्दै पार्टीमा योगदान गर्नका लागि जान लागेको बताए। एमालेको शुक्रबार बसेको सचिवालय बैठकले विधानमा उल्लेख गरिएको ७० वर्षीय उमेरहदको प्रावधान निलम्बन गरेको थियो।