
बिश्वब्यापि माहामारिको रुपमा चिनको बुहानबाट फैलिएको फैलिएको कोरोना भाइरसको कारण अहिले विश्व लकडाउनको अबस्थामा रहेको छ । यसको ठुलो असर नेपालमा समेत परेको छ । र नेपालमा पनि लकडाउनले चार महिना पार गर्न लागेको छ ।
यस समयमा एक जिल्लाबाट अर्को जिल्ला जान पाइने छैन भने अत्याश्यक कामबाहेक घरबाहिर निस्कन पाइदैन । यस्तो माहामारिको अबस्थामा सबै मानिहरुले सास्ति भोगिरहेका छन । भने बिशेषगरि राजधानिमा कोठा लिएर बस्दै आएका र लकडाउनको कारण घर जान नपाएका मजदुर बिधार्थि असहाय गरिब जनताहरुलाई ठुलो मार्का परेको छ ।

लामो समयसम्मको भएको लकडाउनको कारण उनिहरुलाई बिहान बेलुका छाक टार्न समेत समस्या परिरहेको छ । यसरी सबैको समस्यालाई मध्यनजर गर्दै नेपाली काग्रेस खोटाङ्गले राहत बितरण गरेका छन ।
राजधानिमा बसोबास गर्ने मजदुर बिधार्थि असहाय अपाङ्ग गरिब लगायतको करिब ११ शय घरपरिवारलाई राहत बितरण गरिएको हो ।
राजधानिको बसुन्धारा कपन बौद्व, सातदोबाटो, ललितपुर र भक्तपुर सल्लाघारि गरि ६ सेन्टर बनाएर बितरण गरिएको राहतले खोटाङको करिब ५ हजार जनामा सहयोग पुगेको खोटाङ कांग्रेसले बताएका छन ।
राहत बितरण कार्यक्रममा खोटाङका नेता तथा पुर्वराज्यमन्त्री सर्वधन राई काग्रेस सभापति नरेश श्रेष्ठ सांसद हिरा गुरुङ युवा नेता रोजन राई झापा जिल्लाका सांसद महेन्द्र लिम्बू लगायतका साथमा अन्य नेता तथा बरिष्ठ ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
साथै यस राहतले राजधानिमा बस्ने गरिब दुखिहरुको समस्यामा समाधान हुने साथै लकडाउनकै कारण खान नपाएर कोहि भोकै बस्नु नपरोस भन्ने उदेश्यका साथ राहत बितरण गरिएको युवा नेता रोजन राइले बताए । साथै यस राहत बितरणमा समस्या रहेका खोटाङगेहरु नछुटेको समेत बताए ।

त्यस्तै लामो समयदेखि भएको लकडाउनको कारण समस्यामा परेको खोटाङगेहरुलाई आफुहरुको पहलमा राहत बाडिएको र यतिबेला राहत बाडने अनुकुल समय भएको कुरा खोटाङ क्षेत्र न १ का सासँद हिरा गुरुङले बताइन ।
साथै काग्रेसको पहलमा राहत बाडिएतापनि कुनै पार्टि ब्यक्ति आफन्त नहेरि समस्यामा रहेका सबैलाई समेटने प्रयास गरिएको र कोहि खोटाङ्गे समस्यामा रहेको र राहत नपाएको भए आफुलाई सम्पर्क गर्न र आफुले सहयोग गर्ने पनि बताइन ।
त्यस्तै सभापति नरेश कुमार श्रेष्ठले कोरोना भाइरसको कारण अहिले सिङ्गो विश्व नै प्रभाबित भएको यसले सम्पुर्ण जनतालाई आर्थिक सामाजिक तथा मानसिक रुपमा नराम्ररि प्रभाब पारिरहेको र यस बिपदको समयलाई मध्यनजर गर्दै खोटाङ काग्रेसले राजधानिमा रहेर समस्यामा परेका जिल्लावासिलाई सहयोग गरेको बताए ।
आफु बचौ र अरुलाई बचाउ भन्ने मुल नाराका साथ गरिएको राहत बितरण कार्यक्रममा आर्थिक भैतिक तथा नैतिक रुपमा सहयोग गर्ने सहयोगि मनहरुलाई एक बिज्ञप्तिमार्फत धन्यबाद दिएका थिए ।
खोटाङ्गे बिभिन्न समाजसेविहरु तथा पार्टिका ब्यक्तित्वहरुबाट आर्थिक सँकलन गरेर गरिएको राहतमा चामल दाल नुन तरकारि लगायत रहेको थियो ।





