८ बैशाख २०८२, सोमबार

प्रचण्डको पशुपति दर्शनमाथी बाबुरामको टिप्पणीः राजनीतिक प्रेरित

353378889 846732716817561 2986082920933559777 n

प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रीहरुका साथ पशुपति दर्शन गर्न गएकोप्रति पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम भट्टराईले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन, त्यो उसको निजी आस्थाको कुरा हो ! तर जब पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिकस्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ !’

उनले प्रधानमन्त्री दाहाल मन्त्रीहरुलाई साथमा लिएर धार्मिक स्थल गएको प्रसंग धार्मिक हुने टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री दाहालको पशुपति दर्शनका तस्बिरहरु पनि साथमा राखेर भनाइ सार्वजनिक गरेका हुन् ।

उसो त बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) दाहाल नेतृत्वकै सरकारमा सहभागी पनि छ । अझ दाहाल र भट्टराई एउटै पार्टीमा लामोसमय सहयात्रा गरेका व्यक्ति पनि हुन् । प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा पनि उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर गरेको पूजाको चर्चा भएको थियो ।

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FDrBaburamBhattarai%2Fposts%2Fpfbid02wNpr9yeK4PGUnjEDdAPiir2AADqb6fETJJfZFDsSqBW5vUTXw4DMA3zt9mWy4dacl&show_text=true&width=500

    सम्बन्धित समाचार...