९ बैशाख २०८२, मंगलवार

त्रिभूवन विमानस्थलनजिक लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, एक जना पक्राउ

gun

त्रिभुवन विमानस्थल नजिकै प्रहरीले गोली चलाएको छ । प्रहरीले लागूऔषध कारोबारीमाथि गोली चलाएको हो ।

लागूऔषध नियन्त्रण व्युरोबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । प्रहरीको गोलीबाट लागूऔषध कारोबारी एक युवा घाइते भएका छन् । ती युवाको बाँया खुट्टाको घुँडामुनी गोली लागेको प्रहरीले बताएको छ ।

 विमानस्थलको मूलगेट नजिकबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो । खैरो हेरोइन कारोबारमा संलग्न समूहका अन्य केही फरार भएका छन् ।

खैरो हेरोइन कारोबारमा समूह नै रहेको सूचना पाएपछि प्रहरी ग्राहक बनेर उनीहरु समक्ष पुगेको थियो । प्रहरीको गोली प्रहारबाट घाइते भएकालाई केएमसी अस्पतालमा उपचारका लागि लगिएको छ । पक्राउ परेका को हुन् प्रहरीले खुलाएको छैन ।

    सम्बन्धित समाचार...