
स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गरेको जिप दुर्घटना भएको छ ।
लु १ च ६३४५ नम्बरको जिप स्वर्गद्वारी नगरपालिकाको भिंगृ नजिकैको टाकुरामा दुर्घटनामा परेको हो । जीपमा ८ जना सवार रहेको र उनीहरु सबैको ज्यान गएको घटना स्थलमा रहेकास्वर्गद्वारी नगरपालिकाका मेयर टेक प्रसाद भण्डारीले जानकारी दिए । जिपमा २ महिला, २ पुरुष र ४ जना बालबालिका सवार थिए ।
जिपमा सवार सबैजना च्यापिएको अवस्थाबाट निकालेर प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा लगिएको छ ।
जिप चालक दाङ लमही ५ का टकंबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी सुशील थापामगरले जानकारी दिए ।
कार टाकुराको माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा खसेको थियो। कार पूर्ण रूपमा क्षतिग्रस्त भएको ईलाका प्रशासन कार्यालय भिग्रीले जनाएको छ।
सबै मृतकको शव संकलन गरि पोष्टमार्टमका लागि विजुवार अस्पताल पठाउने तयारी भैरहेको मेयर भण्डारीले बताए।