
हङकङमा जारी पाकिस्तान ए ले एसिसी इमर्जिङ्ग टिम्स एसिया कपमा नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ ।
हङकङमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.२ ओभरमा ८७ रनमा अल आउट भयो । नेपाललाई ओपनर कविता कुँवरले पहिलो सफलता दिलाएकी थिइन् । लगातार योर्करका साथ उनले दबाबमा राखेकी थिईन् ।
ओपनर इयामा फतिमा कविता कुँवरको बलमा इन्दु बर्माबाट शुन्यमा क्याच आउट भएकी थिईन् । स्पिनर कविता जोशीले छौटौं ओभरको तेस्रो बलमा सदाफ शमासलाई १२ रनमा बोल्ड आउट गरिन् । एक बलपछी नतालिया प्रबेज ठुलो सट खेल्ने धुनमा विकेटकिपर ज्योति पान्डेबाट क्याच आउट भइन्।
गुल फेरोजा १८ बलमा २ चौकासहित १२ रनमा आउट भैइन्। उनी सीता राना मगरको बलमा क्याच आउट हुन पुगेकी थिइन् । नेपालले सानदार बलिङ गरेपछि एक समय पाकिस्तान ६५-७ को दयनीय अवस्थामा पुगेको थियो ।
तुबा हसन र फातिमा सानाले आठौं विकेटका लागी २७ रनको साझेदारी गरेका थिए । तुबा हसन १४ बलमा १ छक्कासहित ९ रनमा इन्दुको बलमा कट एन्ड बोल्ड आउट भईन् । इन्दु बर्माले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिइन् ।
नेपालकी सीता रानामगरले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै कविता जोशीले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवरले ३.२ ओभरमा १२ रन खर्चेर २ विकेट लिईन् ।