९ बैशाख २०८२, मंगलवार

‘आदिपुरुष’को संवाद नसच्याए हिन्दी फिल्म चल्न दिन्नौं : बालेन

balen and aadhipurush

भोलीबाट रिलिज हुन लागेको दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’को नेपाल प्रदर्शन अन्यौलमा परेको छ ।

चलचित्र सेन्सर बोर्डले नेपालमा ‘आदिपुरुष’ खरिद गरेका वितरकलाई ‘जानकी भारतमा जन्मिएकी हुन्’ भन्ने आशयको संवाद हटाउन निर्देशन दिएको थियो । सेन्सर बोर्डको निर्देशनपछि यो चलचित्रबाट सो संवाद हटाइएको छ ।

तर, अब काठमाडौं महानगरका मेयर बालेन शाहले नेपालमा मात्र नभई भारतमा पनि फिल्ममा समावेश उक्त संवाद नहटाइए कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरपालिका भित्र चल्न नदिने चेतावनी दिएका छन् । योसँगै फिल्म रिलिज अन्यौलमा परेको छ ।

ओम राउतको निर्देशनमा तयार भएको यो फिल्मले भगावन् राम र सीताको कथा भन्छ । फिल्ममा प्रभाष, कृति सेनन र सैफअली खान मुख्य भूमिकामा छन् ।

बालेनले सामाजिक संजालमा लेखेका छन्–‘दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश ‘जानकी भारतकी छोरी हुन भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई, भारतमा पनि सच्चिदैन ।

तबसम्म काठमाडौं महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सिताको जय होस् ।’