११ बैशाख २०८२, बिहीबार

नक्कली शरणार्थी प्रकरण : १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउन आदेश

nakali sara

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनलाई पूर्पक्षका लागि कारागार पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाण, टोपबहादुर रायमाझी र पूर्वसचिव टेकनारायण पाण्डेसहित १६ जनालाई कारागार चलान गर्ने निर्णय सुनाएको हो ।

पक्राउ परेका १८ जना मध्ये टंक गुरुङ १० लाख रूपैयाँ र लक्ष्मी महर्जन ५ लाख रूपैयाँ धरौटीमा छुट्ने जिल्ला अदालत काठमाडौंले निर्णय गरेको छ ।

कारागार चलान हुनेमा रायमाझी, खाण, पाण्डे, टेकनाथ रिजाल, केशव दुलाल, इन्द्रजित राई, सानु भण्डारीसमेत छन् ।

त्यसैगरी आङटावा शेर्पा, सन्दीप रायमाझी, शमशेर मियाँ, सन्देश शर्मा, सागर राई, रामशरण केसी, नरेन्द्र केसी र गोविन्द चौधरी पनि कारागार चलान भएका छन् ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजालासले लामो थुनछेक बहसपछि पुर्पक्षका लागि १६ जनालाई कारागार पठाउने आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतको आदेशपछि उनीहरुलाई सुन्धारस्थित केन्द्रीय कारागारमा लगिएको छ ।

सो प्रकरणमा प्रतिवादी बनाइएका ३० जनामध्ये १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

लामो समयदेखि भएको थुनछेक बहसपछि १६ जनालाई पूर्पक्षका लागि कारागार पठाउने र २ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको हो।