११ बैशाख २०८२, बिहीबार

नयाँ मोर्चा घोषणा सँगै देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने विप्लवको दाबी

355478826 188050260583891 1645486631119099495 n.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महाचिव नेक्रविक्रम चन्द विप्लवले नयाँ मोर्चा घोषणा सँगै अब देशको समाजवादी मोर्चाले गर्ने बताएका छन् । राष्ट्रिय सभा गृहमा भएको घोषणा कार्यक्रममा आफ्नो भनाइ राख्दै विप्लवले समाजवादी मोर्चाको जन्म दलाल पुँजीवाद रोक्दै देशको नेतृत्व गर्न भएको दाबी गरे ।

विस्तारवाद र सामान्तवाद दुवैको अन्त्यका लागि समाजवादी मोर्चाले काम गर्ने उनले बताए । नेपालमा थुप्रै खालको समस्या अहिले देखिएको भन्दै उनले यसको सम्बोधन समाजवादी मोर्चाले मात्र गर्ने बताए ।

नागरिकमा निराशा र आसाको दोधार देखिएको अवस्थामा समाजवादी मोर्चा नेपालको इतिहासमा एक नयाँ मोड भएको बताए ।

यतिबेला परिवर्तनका उपलब्धिहरुको रक्षा गर्नु आवश्यक भएकाले मोर्चा निर्माण गरिएको र यसले काम गर्ने उनको भनाइ छ ।

    सम्बन्धित समाचार...