११ बैशाख २०८२, बिहीबार

समाजवादी मोर्चा बनाउन पापड पेल्नु पर्यो : माधव नेपाल

madhav nepap 1 oj1kqF85cu e1687176393432

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सोमबार घोषणा गरिएको समाजवादी मोर्चा बनाउन पापड पेल्नु परेको बताएका छन् । यसो हेर्दा सजिलै गरी नेताहरु बसेका होलान, सजिलै सहमति गरेका होलान्। त्यस्तो होइन। पापड बेल्नु पर्दो रहेछ। शब्द शब्दमा हामीले छलफल गरेका छौं,’ उनले भने, ‘विषयवस्तुमा हामीले गम्भीर बहस गरेका छौं।’ यो कुनै विशेष स्वादको मोर्चा नभएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

‘हाम्रो यो मोर्चा स्वादको मोर्चा होइन, सिद्धान्तहिन मोर्चा होइन, विचारहिन मोर्चा होइन,’ नेपालले भने, ‘प्रतिगमनका विरुद्धमा परिवर्तनका लागि एकतावद्ध हुने देशभक्त शक्तिहरुलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्छ।’

प्रतिगमन पक्ष र परिवर्तनको विपक्षमा उभिनेहरुको विरुद्धमा आफूहरुको मोर्चा हुने उनले बताए।
नेपालले आफूहरुले बनाएको समाजवादी मोर्चाले कुनै पार्टीलाई घुर्क्याउन, दबाब दिन र तर्साउन नखोजेको बताएका छन्।

‘राजनीतिमा भएका विसंगतिलाई अन्त्य गर्न हामी एक भएर अघि बढ्न चाहन्छौं,’ उनले भने,‘हामीले कुनै पार्टीलाई घुक्र्याउन चाहेका होइनौं। कसैलाई दबाब दिन चाहेका पनि होइनौं। कसैलाई तर्साउन पनि चाहेका होइनौं।’

उनले प्रतिगमनको पक्षमा कोही लाग्न चाहेको खण्डमा आफूहरु मुकाबिला हुने बताए।

‘ढुक्क हुनुस्, जो प्रतिगनको पक्षमा छन्। तीनै तर्सन्छन् जो समाजलाई आमुल परिवर्तन गर्ने मान्यताको पक्षमा छैनन्,’ उनले भने।’

    सम्बन्धित समाचार...