१० बैशाख २०८२, बुधबार

आज र भोलि कोशी, मधेस र गण्डकीका एक-दुई स्थानमा भारी वर्षा

WEATHER rain

कोशी, मधेस र गण्डकी प्रदेशको एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणाली र बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आंशिकदेखि सामान्य बदली भई आज देशभर वर्षा हुनेछ । दिउँसो कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

राति कोशी , मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

भोलि (बुधबार) पनि पूर्वदेखि पश्चिमसम्मै वर्षाको सम्भावना छ । आंशिकदेखि सामान्य बदली भई बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्क देखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

    सम्बन्धित समाचार...