७ बैशाख २०८२, आईतवार

युवासंघद्वारा सभाखोला पुलमा हेभी मालवाहक सवारी साधन निषेध

Yuwa Sngh 750x430 1

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल संखुवासभा जिल्ला कमिटीले संखुवासभा सभाको सदारमुकाम खादबारी जोडिने सभाखोला पुल सुरक्षाको लागि बार बन्देज राखेर ठुला मालवाहक गाडीलाई प्रवेश निषेध गरेको छ । बाढीले पुल जिर्ण बनिरहेको अवस्थामा समेत ठुला सवारी साधन दुईतर्फी कुदिरहेको कारण स्थानीयको माग बमोजिम बेरा लगाइएको हो ।

साथै हेवा,पिलुवा र सभाखोलामा आएको बाढीले मच्चाएको बितण्डाबाट बच्न बचाउन उद्दार तथा राहत सहयोग कार्यक्रम संचालन गरेको छ । युवासंघका अध्यक्ष तथा केन्द्रिय सदस्य ध्रुब खड्का (डीवान)को अगुवाइमा जिल्लाभर करीब १५० संख्यामा स्वयसेवी युवाहरु उद्दारका लागि खटिएका छन् । उद्दार टोली अहिले पनि हेवा खोलामा बेपत्ताहरुको खोजी कार्यमा ब्यस्त छन् । असार ३ गते साँझ आएको बाढीले सुपर हेवा हाइड्रो प्रोजेक्टका कर्मचारीसहित २१ जना बेपत्ता भएका थिए । जसमध्ये ३ जनाको शव फेला परेको छ भने बाकी खोजी कार्य भैरहेको छ ।

शव खोजी कार्यमा जिल्लाका प्रहरी, सेना,सशस्त्र प्रहरी,स्थानीय जनताका साथै राष्ट्रिय युवा संघ नेपाल सङ्खुवासभा कमिटीसमेत लागिपरेको छ । खाँदबारी नगर युथफोर्स संयोजक माधव बस्नेत सास नभेटेपनि लास भेटिने आसमा खोजी कार्यमा रहेको बताए । जनताको सास्ती र क्षतिसमेत देखेर मन सारै पोलेको बताउँदै युवासंघका नेता कमल मगर समेत खोजी कार्यमा हिँडेका छन् ।

चैनपुर अध्यक्ष अर्जुन तामाङ्ग,उपाध्यक्ष बिराज लिम्बूलगायतको समूहसमेत उद्दारमा खटेको छ । त्यस्तै मादी नगर अध्यक्ष लोककुमार राई, नेता रत्नब गुरुङ, धर्मदेवी अध्यक्ष भीम जिमीसमेत उद्दारमा खटेका छन् ।

‘जिल्लालाई संकट पर्दा घर अफिसमा बसेर सेयर र कमेन्ट मात्रै गर्न सकिएन’ जिल्ला युथफोर्स संयोजक हिल जोन्सोन राई भन्छन्, ‘हामीले युवाहरूलाई समाजसेवामा समेत लाग्न प्रेरित गरिरहेका छौ ।

असार ५ गते प्रधानमन्त्रीलगायत मन्त्री र जिल्लाका सांसदद आउँदा ४ किलोमीटर दुरीको सभा पुलसम्म पुग्न नमानेको तितो क्षण सम्झिदै जिल्ला अध्यक्ष ध्रुब खड्काले अघिल्लो पुस्ताका नेताहरूले पछिल्ला अगुवाहरुको समेत बदनाम गरेको गुनासो पोखे ।

ff2846dc cf90 4906 8499 947628f96f1e
1c171c1b d190 41d5 9d82 faf423042d04 e1687343819220

    सम्बन्धित समाचार...